२०८२ जेष्ठ १६ गते

नाडाले भन्यो–अटोमोवाइल मैत्री बजेट आयो

बैंकिङ खबर/ नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ । नाडाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सरकारले लामो समयपछि अटोमोवाइल मैत्री बजेट ल्याएको भन्दै खुलेरै प्रशंसा गरेको छ ।

‘नेपाल सरकारको मन्त्रालय एवं विभागहरुमा विभिन्न नीतिगत सुझावहरु एवं सल्लाहहरु दिएको थियो । नाडाको नीतिगत सुझावहरुलाई मननगरी आर्थिक बर्ष २०८२/०८३ को बजेट अटोमोवाइल मैत्री आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘खाशगरी यस बजेटले नेपालको अटोमोवाइल क्षेत्रको बर्षौ देखिको माग र आवाजलाई समेटेको छ । यो बजेट व्यवसाय मैत्री रहेको र यस बजेटले उद्यमी र व्यवसायीहरुलाई प्रोत्साहित मात्र गरेको छैन अपितु यसले नेपालको अर्थतन्त्रलाई समेत चलायमान बनाउने छ भन्ने गहिरो आशा राख्दै अव हामीले आउदो मोद्रिक नीति समेत यसै अनुरुप आउने अपेक्षा समेत राखेका छौ ।’