२०८२ जेष्ठ १५ गते

ईभी प्रवर्द्धन गर्न चार्जिङ स्टेसन र वर्कसपमा लगानीलाई प्रोत्साहन

बैंकिङ खबर/सरकारले विद्युतीय सवारी साधन सञ्चालन गर्न प्रोत्साहन गर्ने भएको छ। आगामी वर्षको बजेटमा निजी क्षेत्रलाई चार्जिङ स्टेसन र वर्कसप सञ्चालन गर्न प्रोत्साहन गर्ने बजेटमा उल्लेख गरिएको हो।

साझा यातायातलाई विद्युतीय बस खरिद गर्नको लागि थप आर्थिक सहयोग उपलब्ध गराउने अर्थमन्त्री विष्णु पौडेलले बताएका छन्। भौतिक पूर्वाधार मन्त्रालयका लागि १ खर्ब ५२ अर्ब रुपैयाँ विनियोजन भएको छ।