Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

समस्याग्रस्त सहकारीका सञ्चालक र पदाधिकारीको सम्पत्ति र राहदानी रोक्का

२०८२ जेष्ठ १५ गते

बैंकिङ खबर/ सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन कर्ताको सम्पत्ती एवं राहदानी रोक्का राखिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार आगामी आर्थिक वर्षको बजेट बाचन गर्दै यस्तो घोषणा गरेका हुन् ।

‘सहकारी संस्थामा रहेको ५ लाख सम्मको बचत रकमको निक्षेप तथा कर्जा सुरक्षण कोषमार्फत् निक्षप सुरक्षण गरिनेछ । सहकारीको रकम अपचलन गर्नेको सम्पत्ती लिलाम बिक्री गरी बचतकर्ताको रकम फिर्ता गर्न सक्रिय कोष स्थापनाका लागि बिउँ पुँजीको व्यवस्था गरिको छु,’ अर्थमन्त्री पौडेलले भने, ‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलन कर्ताको सम्पत्ती एवं राहदानी रोक्का राखिने छ ।’

उनले सहकारी संस्थाको वर्गीकरण, एकिकरण र संरचनागत सुधार गरिनेछ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋण सहकारी संस्थाहरुको प्रभावकारी नियमन गरिने बताए ।