
बैंकिङ खबर/ प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिगषद् बैठक बोलाएक छन् । मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेगरी बैठक बोलाइएको सचिवालयले जनाएको छ ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि आजै कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरेका थिए । दुई अध्यक्षबीच भेटवार्ता भए लगत्तै बैठक बोलाइएको हो । नियमित रुपमा हिजो ९सोमबार० बस्नुपर्ने बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । स्वास्थ्यको कारण देखाउँदै प्रधानमन्त्री ओलीले बैठक स्थगित भएको जानकारी गराएका थिए ।
आजको बैठकबाट नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्ने चर्चा छ । जसका लागि अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वमा गठन गरिएको सिफारिस समितिको बैठक बोलाइएको छ । उक्त समितिमा राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य छन् ।



