Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर नियुक्तिः देउवाले ओलीलाई दिए ४८ घण्टे अल्टिमेटम

२०८२ जेष्ठ ५ गते

बैंकिङ खबर/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४८ घण्टाभित्र गभर्नर नियुक्त गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई अल्टिमेटम दिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार साँझ बोलाइएको मन्त्रिपरिषद बैठक स्थगित गराउँदै ओलीलाई प्रतिबद्धता अनुसार गभर्नर नियुक्त गर्न अल्टिमेटम दिएका हुन्।

सरकारमा रहेका दुई दल बीच गभर्नर कांग्रेसले इच्छाएको व्यक्तिलाई नियुक्ति दिने बताइए पनि प्रधानमन्त्री केपी शर्मा ओलीले एकपक्षीय अर्को बहाना गर्दै टार्दै आएका छन्। सुरुमा कांग्रेसले राष्ट्र बैंककै निर्देशक गुणाकर भट्टलाई अगाडि सारे पनि उनको नाम उनको राजीनामा स्वीकृत नगरेर विवाद गराएका थिए। त्यसपछि गभर्नर सिफारिस समितिमै रहेका विश्व पौडेललाई गमर बनाउने तयारी गरे पनि ओलीले आलटार गरेपछि सभापति देउवा सरकारप्रति आक्रामक देखिएका हुन्।

सोमबार साँझ देउवाले मन्त्रिपरिषद बैठक किन बस्नुपर्यो भन्दै रोकिदिएपछि प्रधानमन्त्री ओली उनलाई भेट्न बुढानिलकण्ठस्थित निवासमै आउने खबर पठाएका थिए। तर देउवाले बुढानिलकण्ठमा समेत ओलीसँग भेट्न स्वीकार गरेको स्रोतले बतायो। मन्त्रिपरिषद बैठक रोकिएपछि कुरा गर्न ओलीले देउवाका आउँछु भने पनि आफू अस्वस्थ भएकाले नआउन खबर दिएका हुन्।