
बैंकिङ खबर/ सोमबारका लागि बोलाइएको मन्त्रिपरिषद बैठक अन्ततः स्थगित भएको छ । सोमबार साँझ ६ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।
आजको बैठकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिबारे निर्णय गर्ने आकलन गरिएको थियो । मन्त्रिपरिषद् बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीबिच छलफल हुने बताइएको छ ।


