Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नियमन प्राधिकरणमार्फत सहकारी समस्या समाधान गरिने

२०८२ बैशाख २८ गते

बैंकिङ खबर/प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको विद्यमान समस्या समाधान गर्ने विषयमा नीति तथा कार्यक्रम प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सांसदहरूले नीति तथा कार्यक्रममाथि राखेका जिज्ञासको आइतबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताए ।

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ राष्ट्रिय नीति जारी गरिने र राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत सहकारी क्षेत्रका समस्याहरू समाधान गरिने विषय नीति तथा कार्यक्रममा उल्लेख रहेको उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई तत्काल राहत उपलब्ध गराउन सहकारी नियमन प्राधिकरणमार्फत कोष स्थापना गरिने विषय पनि नीति तथा कार्यक्रममा समेटिएका छन् ।’