Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, गभर्नर नियुक्ति गर्ने सम्भावना कति ?

२०८२ बैशाख २५ गते

बैंकिङ खबर/ मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह ५ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा संसदमा जारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल, सरकारका नियमित कामकारबाहीबारे समीक्षा, समसामयिक विषयका साथै राष्ट्र बैंकमा गभर्नर नियुक्ति लगायत विषयमा छलफल हुनेछ । स्रोतका अनुसार आजै गभर्नर नियुक्ति गर्ने सम्भावना पनि रहेको छ ।

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गभर्नर नियुक्तिका लागि भन्दै आइतबार र सोमबारको छलफलमा बिहीबारसम्म समय दिएका थिए ।