Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मुक्तिनाथ विकास बैंकद्वारा स्टार्ट–अप र नयाँ उद्यमीहरु केन्द्रित वित्तीय साक्षरता सम्पन्न

admin २०८२ बैशाख २३ गते
सेयर:

बैंकिङ खबर/ मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्टार्ट–अप र नयाँ उद्यमीहरु केन्द्रित विशेष वित्तीय साक्षरतामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्देश्य उद्यमीहरुलाई वित्तीय व्यवस्थापन, बैंकिङ्ग सेवाको पहुँच, व्यवसायिक योजना तयारी, बजार व्यवस्थापनका रणनीति तय गर्ने, व्यक्तिगत बजेट, नगद प्रवाह, कर्जा परिचालन तथा ग्राहकको अधिकार लगायतका विषय बस्तुहरुमा साक्षर गराउनु थियो ।

यस कार्यक्रममा २६ जना स्र्टाटअप तथा युवा उद्यमीहरुको उत्साहजनक सहभागीता रहेको थियो । यस कार्यक्रममार्फत उद्यमीहरुलाई वित्तीय ज्ञानको प्रयोग गरेर व्यापार, व्यवसायलाई अझ दिगो बनाउने मार्गदर्शन मिल्ने बैंकको विश्वास छ ।

नेपाली युवाहरुलाई सशक्त बनाइ बैंकले सामाजिक उत्तरदायित्व आत्मसाथ गरेको बैंकको धारणा रहेको छ । बैंकले हालै मोबाइल एक फाइदा अनेक लिन सक्ने मुक्तिनाथ फाइदा एप संचालनमा ल्याएको छ ।

त्यसैगरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभइ घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।