Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गरिने

२०८२ बैशाख १९ गते

बैंकिङ खबर/ सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेको छ । शुक्रबार संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले साना बचतकर्ताको बचत फिर्ता गर्न राष्ट्रिय सहकारी नियमन प्राधिकरणका कोष खडा गरिने घोषणा गरेका छन् ।

सहकारी नीतिको पुनरावलोकन गरी नयाँ नीति जारी गरिने घोषणा पनि राष्ट्रपति पौडेलले गरे । सहकारी ऋण अशुली न्यायाधीकरण स्थापना गरिने घोषणा पनि उनले गरेका छन् । सहकारी तथ्यांक प्रणालीलाई व्यवस्थापनलाई विद्युतीय सूचना प्रणाली स्थापना गर्ने घोषणा पनि सरकारले गरेको छ ।