Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४३ अर्बभन्दा बढी

२०८१ चैत्र २९ गते

बैंकिङ खबर/चालु आर्थिक वर्षको फागुन मसान्तसम्म वाणिज्य बैंकहरुको नाफामा उल्लेख्य सुधार आएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, २० वटा वाणिज्य बैंकहरुले जम्मा ४३ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ नाफा कमाएका छन्।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकहरुको नाफा ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ थियो, जसको तुलनामा यस वर्ष नाफा करिब १ अर्ब १९ करोडले बढेको छ।

नाफाका हिसाबले नबिल बैंक ४ अर्ब ७८ करोड रुपैयाँसहित सबैभन्दा अगाडि रहेको छ। त्यसपछि ग्लोबल आईएमई बैंक ४ अर्ब ७२ करोड रुपैयाँ नाफासहित दोस्रो स्थानमा छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ४ अर्ब ८ करोड रुपैयाँ नाफासहित तेस्रो स्थानमा रहेको छ।

आठ महिनामा ११ वटा वाणिज्य बैंकले नाफा वृद्धि गर्न सफल भए भने ९ वटाले अघिल्लो वर्षको तुलनामा नाफामा गिरावट भोगेका छन्। नाफा घट्ने बैंकहरुमा प्राइम, राष्ट्रिय वाणिज्य, हिमालयन, सिद्धार्थ, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, एनआईसी एशिया र कृषि विकास बैंक परेका छन्।