Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर नियुक्तिको गृहकार्य अन्तिम चरणमा, सोमबार बिहान नाम बुझाउने तयारी

२०८१ चैत्र २४ गते

बैंकिङ खबर/ सरकारले राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्तको गृृहकार्य अन्तिम चरणमा पुर्याएको छ । गभर्नर महाप्रसाद अधिकारी पाँच वर्षे कार्यकाल पूरा गरेर शुक्रबार बिदा भएसँगै सिफारिस समितिले सोमबार बिहान नाम सिफारिस गर्ने तयारी गरेकाे हाे । 

बहालवाला गभर्नरको कार्यकाल पूरा हुनु एक महिना अगावै गभर्नर नियुक्ति गरेर सार्वजनिक सूचना प्रकाशित गर्नुपर्ने व्यवस्था ऐनमा भए पनि त्यो हुन सकेन । सिफारिस समितिमा अर्थमन्त्री संयोजक हुने व्यवस्था छ भने सदस्यहरूमा विश्व पौडेल र पूर्व गभर्नर विजयनाथ भट्टराई नियुक्त भएका छन् ।

गभर्नरका लागि अर्थमन्त्रीले नाम प्रस्ताव गर्ने समितिले त्यसलाई स्वीकृत गर्ने चलन छ । डेपुटी गभर्नरमध्ये एक जना अनिवार्य सिफारिस हुनुपर्ने व्यवस्था रहेकोमा दुईमध्ये कसको नाम सिफारिस गर्ने र बाँकी दुई जनामा कसलाई सिफारिस गर्ने भन्ने निर्णय समितिको हुन्छ ।