एजेन्सी
अमेरिकामा व्याजदर वृद्धि भएको छ । व्याजदर बृद्धि भएसंगै सुको भाउँ खच्किने अनसमान गरिउको छ । अन्तर्राष्ट्रय रुपमा अर्थतन्त्रलाई प्रभाव पार्ने तीन वस्तु, सुन, अमेरिकी डलर र तेल हो । यतिबेला अमेरिकाको अर्थतन्त्रमा सुधार आएसंगै त्यहाँका बैंकहरुले ब्याजदर बढाएपछि सुनको भाउ भने ओरालो लागेको छ । अमेरिकामा सुन किनेर बसेकाहरु बैंकको ब्याजदर बढेपछि सुन बेचेर त्यतातिर आकर्षित भएपछि सुनको भाउ तल झरेको हो । यसको असर नेपालमा पनि परेको छ । नेपालमा छापावाल सुन मूल्य घटेको छ । अमेरिकी अर्थतन्त्रमा देखिएको बजमुतीसंगै विश्व बजारमा केही समयदेखि स्थिर रहेको सुन मूल्य एकाएक घटेर पाँच वर्षयताकै सबैभन्दा न्यून भएको छ ।
विश्व बजारमा सोमबार सुनको कारोबार प्रतिऔन्स १ हजार ८८ डलरमा कारोबार भयो । यो मूल्य पाँच वर्षयताकै न्यून हो । सन् २०१० मा प्रतिऔन्स १ हजार १ सय डलर थियो । आर्थिक अवस्थामा सुधार आएपछि अमेरिकाको फेडरल बैंकले ब्याजदर बढाएको छ । ब्याजदर बढेपछि लगानीकर्ताहरू सुन बेचेर त्यतातिर तानिएका हुन् । साधारणतया लगानीमा असुरक्षा बढ्दा लगानीकताहरू सुन किनेर सुरक्षित हुने गर्छन् ।एजेन्सीहरूले सुनको मूल्य अझै घट्ने अनुमान गरेका छन् । यो वर्षको अन्तसम्म १ हजार डलरमा झर्न सक्ने डेरिभेटिभ कारोबारी अमेरिकी लगानीकर्ताले इभान लुकासले अनुमान गरेका छन् ।



