Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट प्रभावित भई वित्तीय कारोबार गर्दा सचेत होऔंः राष्ट्र बैंक

२०८१ चैत्र ५ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालका प्रभावशाली व्यक्तित्व (इन्फ्लुएन्सरबाट) प्रभावित भई वित्तीय कारोबार गर्दा हुन सक्ने आर्थिक नोक्सानीतर्फ सचेत रहन आग्रह गरेको छ । केन्द्रीय बैंकले हाल चलिरहेको ‘ग्लोबल मनी वीक २०२५’ अन्तर्गत वित्तीय चेतना दिने उदेश्यले सामाजिक सञ्जालका इन्फ्लुएन्सरबाट हुने आर्थिक निर्णयका जोखिमबारे सतर्क रहन आग्रह गरेको हो ।

बैंकले २०२५ को ग्लोबल मनी वीकको नारा ‘थिङ्क बिफोर फलो, वाइज मनी टुमरो’ सहित सचेतनामूलक सन्देश जारी गर्दै सामाजिक सञ्जालमा चर्चित इन्फ्लुएन्सरहरू सधैँ विशेषज्ञ नहुने र गलत सूचनाबाट आर्थिक क्षति हुनसक्ने भन्दै सचेत गराएकाे छ ।

साथै, केन्द्रीय बैंकले नागरिकलाई आर्थिक निर्णय लिँदा कुनै पनि जानकारीको स्रोतलाई सूक्ष्म अध्ययन गर्न र सही सल्लाह लिने सुझाव दिएको छ।