Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

गरिमा विकास बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

२०८१ फाल्गुन २९ गते

बैंकिङ खबर/गरिमा विकास बैंक लिमिटेडले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिइसक्नु पर्नेछ।