Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

सहकारी क्षेत्रमा देखिएका विकृतिको निराकरण गर्न विधेयक ल्याइएको हो : मन्त्री अधिकारी

२०८१ फाल्गुन २८ गते

बैंकिङ खबर/ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रमा देखिएका विकृति र अनियमितताको निराकरण गर्न ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक,२०८१’ ल्याइएको दाबी गरेका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा सांसदहरुले विरोधको सूचना राखेपछि जवाफ दिँदै मन्त्री अधिकारीले यस्तो बताएका हुन् । उनले प्रचलित कानूनमा आवश्यक संशोधन गरी सहकारी बचतकर्ताको बचत फिर्ता गर्न र बचत सुरक्षा गर्न विधेयकले महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले विधेयकले तीन तहको सरकारबीच समन्वय र सहकार्य गरी सबै सहकारीमा सबै वर्गको सहभागिता बढाउने जिकिर गरे उनले सहकारी क्षेत्रलाई पारदर्शी र प्रभावकारी बनाउन उक्त विधेयक सहयोगी हुने बताए ।