Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१५१६ अंकमा सेयर बजार : हिमालयन डिस्टीलरीका सेयरधनीले कमाए

२०७३ मंसिर २९ गते
सेयर:

stockबुधबार सेयर बजारमा सुधार देखिएको छ । केही दिनदेखि निरन्तर घटिरहेको सेयर बजार बुधबार ६.६५ अंकले बढेको हो । बजार खुलेको दुई घण्टाभित्रमा १५०२ अंकसम्ममा झरेको बजार अन्ततः १५१६.०८ अंकमा पुगेर बन्द भएको हो । होटल र फाइनान्सबाहेक कारोबार भएका सबै समूह उकालो लागेपछि समग्र बजारमा नै सकारात्मक प्रभाव देखिएको हो । विशेषतः बीमा, उत्पादनमूलक र बैंकिङ समूहले बजार बढाएका छन् । बीमा समूह सबैभन्दा धेरै ५९.६६ अंकले बढेको छ भने उत्पादनमूलक १५.३६ र बैंकिङ ७.८२ अंकले बढेका छन् । विकास बैंक, जलविद्युत् र अन्य समूह क्रमशः १.२४, १.७१ र ०.८७ अंकले बढेका छन् । होटल र फाइनान्स भने क्रमशः १३.१४ र ०.६४ अंकले घटेका छन् । 

बजार बढेपछि कारोबार रक मभने बढ्न सकेको छैन । सोमबार ५४ करोडको कारोबार भएको बजारमा बुधबार ४८ करोडको मात्रै कारोबारम भएको छ । दिनभरिमा १३७ वटा कम्पनीको सात लाख ५३ हजार पाँच सय ९५ कित्ता सेयर तीन हजार सात सय ३९ पटक खरिदविक्री हुँदा कुल ४८ करोड ६१ लाख ९९ हजार नौ सय १२ रुपैयाँको कारोबार भएको हो । 

कुल कारोबारमध्ये एभरेष्ट बैंकको मात्रै नौ करोड ५९ लाख ७७ हजार पाँच सय ८२ रुपैयाँको कारोबार भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल र सिद्धार्थ बैंकको क्रमशः दुई करोड ९१ लाख र दुई करोड नौ लाख रुपैयाँको कारोबार भएको छ । बैंक अफ काठमाण्डू लुम्बिनी, नेपाल बंगलादेश बैंक, हाम्रो विकास बैंक, माछापूछे बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल बैंक, प्रभु इन्स्योरेन्स लगायतको एक करोड रुपैयाँभन्दा माथिको कारोबार भएको छ । 

हिमालयन डिस्टीलरीका सेयरधनीले सबैभन्दा धेरै ९.९२ प्रतिशतले कमाएका छन् । नेशनल लाइफ इन्स्योरेन्स, नागबेली लघुवित्त, लुम्बिनी जेनेरल इन्स्योरेन्स, ग्राीन डेभलपमेन्ट बैंक, समिट माइक्रोफाइनान्स, रिडी हाइड्रोपावर, प्रिमियर इन्स्योरेन्स, अरुण भ्याली हाइड्रोपावर, एनएमबि बैंक लगायतका सेयरधनीले पनि कमाएका छन् । 

गुमाउने कम्पनीहरुको अग्रस्थानमा रहेको अरुण फाइनान्सका सेयरधनीले ९.९४ प्रतिशतका दरले गुमाउँदा कर्णाली डेभलपमेन्ट बैंकका सेयरधनीले ५.२६ प्रतिशतले गुमँएका छन् । नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक, मिथिला लघुवित्त, नयाँ नेपाल लघुवित्त, हाम्रो विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, युनियन फाइनान्स, कञ्चन डेभलपमेन्ट बैंक,  विजय लघुवित्त लगायतका सेयरधनीले पनि गुमाएका छन् ।