Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

कृषि र ऊर्जा क्षेत्रको कर्जा खरिदबिक्रीमा वित्तीय संस्थाको लेनदेन अनिवार्य

२०८१ फाल्गुन १३ गते

बैंकिङ खबर/बैंक तथा वित्तीय संस्थाहरूले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाहित कर्जा खरिद बिक्री गर्दा सो कर्जा बराबरको रकम अनिवार्य रुपमा लेनदेन गरी खरिदकर्ता बैंक तथा वित्तीय संस्थाको हिसाव विवरणमा जनाउनुपर्ने भएको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी गर्दै सो व्यवस्था गरेको हो । त्यस्तै उक्त खरिद गरिएको कर्जा खरिद गर्ने बैंक तथा वित्तीय संस्थाले मात्रै तोकिएको क्षेत्रमा कर्जाको रुपमा गणना गर्न पाउने छ ।

बैंक तथा वित्तीय संस्थाहरुले कृषि तथा ऊर्जा क्षेत्रमा प्रवाह गरेको कर्जा अर्को वित्तीय संस्थामार्फत व्यवस्थापन गर्न एकआपसमा खरिदबिक्री गर्दै आएका छन् । सुरुवातमा कर्जा प्रवाह गर्ने संस्थाले नै ग्राहकसँगको सम्बन्ध व्यवस्थापन गरी खरिद/बिक्री गर्ने गरिन्छ ।