Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीतिको दोस्रो समीक्षा मंगलबार आउने

२०८१ फाल्गुन १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले मंगलबार मौद्रिक नीतिको दोस्रो समीक्षा सार्वजनिक गर्ने भएको छ। बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो समीक्षा गर्न लागेको हो। राष्ट्र बैंकले दोस्रो त्रैमासिक सकिएको ४५ दिनभित्र मौद्रिक नीतिको समीक्षा गरिसक्नुपर्ने व्यवस्था छ। सोहीअनुसार बैंकले भोलि समीक्षा गर्न लागेको हो। यो समीक्षा नै गभर्नर महाप्रसाद अधिकारीको अन्तिम समीक्षा हुनाले पनि महत्त्वपूर्ण मानिएको छ। २०७६ साल चैतमा गभर्नर बनेका अधिकारीको कार्यकाल यसै वर्ष सकिँदैछ ।