Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल शेयर मार्केट्सको व्यवस्थापनमा ४ जनाको नाम स्वीकृत

२०८१ पुष १५ गते


बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि चार जनाको नाम स्वीकृत गरेको छ। राष्ट्र बैंकले प्रकाश घिमिरे, कुमार अधिकारी, राम प्रताब यादव र राजेन्द्र प्रसाद तिम्सिनाको आवेदन स्वीकृत गरेको हो।

राष्ट्र बैंकले यी चार जनालाई पुस २१ देखि पुस २४ गतेसम्म कार्ययोजना प्रस्तुतीकरण गर्न बोलाएको छ। प्रस्तुतीकरण साँझ ४ः१५ बजे हुनेछ। यो प्रक्रिया पूरा भएपछि एक जनालाई व्यवस्थापन र सञ्चालनको जिम्मेवारी दिइनेछ।