Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

२०८१ मंसिर १७ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंक बैंकहरुको मुद्दती निक्षेपमा ४ अर्ब करोड लगानी गर्ने भएको छ । साेमबार एक सूचना जारी गर्दै केन्द्रीय बैंकले बैंकहरुमा सो रकम लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकले बैंकहरुको विभिन्न पेन्सन कोषमा रहेको ४ अर्ब ४ करोड ७९ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएकाे हाे ।

राष्ट्र बैंकले क वर्गका वाणिज्य बैंकमा ३ अर्ब २३ करोड ८५ लाख रुपैयाँ, ख वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६० करोड ७१ लाख रुपैयाँ र ग वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २० करोड २३ लाख रुपैयाँ मुद्दती निक्षेपमा जानकारी गराएको छ।

मुद्दती निक्षेपका रुपमा लिन चाहने बैंकहरुले मंसिर १९ गते राति १२ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। यस्तो मुद्दती निक्षेप २०२४ डिसेम्बर १६ देखि २०२५ डिसेम्बर १६ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएकाे छ ।