Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

समता घरेलु लघुवित्तले साढे ३ करोड रुपैयाँको एफपिओ जारी गर्ने

२०८१ कार्तिक १ गते

बैंकिङ खबर/समता घरेलु लघुवित्तले साढे ३ करोड रुपैयाँको एफपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँ बराबरको ३ लाख ५० हजार ९०४ कित्ता शेयर निस्कासन गर्न अनुमति पाएको हो।

धितोपत्र बोर्डले गत असोज २९ गते कम्पनीको एफपिओ स्वीकृत गरेको जनाएको छ। बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले सर्बसाधारणमा आइपीओ निस्कासन प्रकृया अघि बढाउने छ। यो सँगै लामो समयदेखि बन्द रहेको सार्वजनिक निस्कासन पुनः सुरु हुने भएको छ।