Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

प्रहरी कल्याण कोषले ६१ करोड मुद्दति निक्षेपमा लगानी गर्ने

२०८१ आश्विन ९ गते

बैंकिङ खबर/ प्रहरी कल्याण कोषले ६१ करोड मुद्दति निक्षेप लगानी गर्ने भएको छ। कोषले सूचना जारी गर्दै ६१ करोड लगानी गर्न लागिएकोमा नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र प्राप्त ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थामा एक वर्षे मुद्दति निक्षेपमा लगानी गर्न इच्छुक भएकाले बैंक तथा वित्तीय संस्थाबाट आफूले लिन चाहेको रकम, व्याजदर र व्याज भुक्तानी गर्ने समयावधी उल्लेख गरी असोज १४ भित्र सिलबन्दी प्रस्ताव बुझाउन आह्वान गरिएको छ।