Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

आशा लघुवित्तको १५ प्रतिशत लाभांश घोषणा

२०८१ आश्विन ६ गते

बैंकिङ खबर/

 आशा लघुवित्तले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीका लागि १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त लाभांश राष्ट्र बैंकबाट स्वीकृति गरी आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन् । यसअघि पनि कम्पनीले कुल १५ प्रतिशत नै लाभांश दिएको थियो । गत साता बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता १ हजार ५ रुपैयाँ छ ।