Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या बढ्यो

२०८१ भाद्र २६ गते

बैंकिङ खबर/नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार गत साउनमात्रै ७२ हजार ९४० जना टिएमएसमा जोडिएका छन् । योसँगै साउन मसान्तसम्म टिएमएस प्रयोगकर्ता २३ लाख ३१ हजार ३५० छ ।

टिएमएस चलाउने धेरैले साप्ताहिक वा मासिकरुपमा चलाउँछन् । जबकि दैनिकरुपमा टिएमएस चलाउनको संख्या भने ५० हजार भन्दा धेरै छ । त्यस्तै शेयर कारोबारको लागि प्रयोग गरिने डिम्याट खाताको संख्या ६३ लाख ८५ हजार ३०६ पुगेको छ ।