
बैंकिङ खबर/ पूर्वमन्त्री एवं सांसद भगवती चौधरीले डा. हरिहरदेव पन्तलाई देशले अहिलेसम्म सम्मान नगरेको गुनासो गरेकी छिन् । नेपालमा लघुवित्तका पिता डा.हरिहर देव पन्तको नवौ स्मृती दिवसको अवसरमा नक्साल काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै चौधरीले भनिन्,‘डा.पन्तकोे नाम लिँदै गर्दा गौरव लाग्छ, उहाँको सोच हामी सबै लघुवित्त सेवामा सर्मपितहरुका लागी मार्गदर्शन बनेकोले उहाँ हामी सबैका गुरु हुनुहुन्छ तथा लघुवित्तका पिता जसले लघुवित्तलाई सामाजिक व्यवसायको रुपमा स्थापित गरेर विपन्नलाई सेवा पुर्याउनुपर्छ भन्ने सोंच र मान्यताका साथ लघुवित्त सेवा शुरु गर्नुभएको थियो ।’
उनले लघुवित्तको मर्म बुझेकाले मात्रै यस क्षेत्रको नेतृत्वमा लाग्नुपर्ने बताइन् । उनले भनिन्, ‘लघुवित्त सेवा गरिबमुखी हुनुपर्छ, लघुवित्त नाफा कमाउने व्यवसाय होइन्, यसबाट त समाज सेवा गर्नुपर्छ । त्यसैले वित्तीय सेवासँगै गैरवित्तीय सेवालाई प्राथमिकता दिएर संस्था चलाउनुपर्ने मान्यता डा.पन्तको रहेको थियो ।’
नेपालमा १० देखि १५ वटा लघुवित्त संस्था भए पुग्छ भन्ने उनको निक्योलका विपरित १०२ वटासम्म लघुवित्त संस्थाको लाईसेन्स दिइयो । सुरुवातबाटै कर्जा सूचना लिनपर्ने अनिवार्य गरिएन जसले गर्दा हालको अवस्था भएको हो अब सबै सरोेकारावाले सबै ठाउँबाट सुधार गरेर जानुपर्ने उनले बताइन् ।
निर्धन संस्था र डा. हरिहरदेव पन्त फाउण्डेसनको आयोजनामा सञ्चालन भएको उक्त कार्यक्रम निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका अध्यक्ष हरिकृष्ण पन्तको अध्यक्षतामा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक विमल राज खनाल मुख्य अतिथिको रुपमा रहेका थिए ।
स्मृति दिवस समारोहमा उपस्थितहरुलाई स्वागत गर्दै डा. हरिहरदेव पन्त फाउण्डेसका अध्यक्ष जनार्दन देव पन्तले २०४०/०५० को दशकमा देशमा रहेको गरिबी कम गर्ने उद्देश्यले निर्धन संस्थामार्फत नेपालमा लघुवित्त सेवा शुरु डा. हरिहरदेव पन्तले गरेका थिए ।
देशमा अझैपनि २०.४७ प्रतिशत गरिबी रहेको छ । गरिवी न्यूनीकरणमा लघुवित्तको भूमिका अहम् रहेको छ । डा. पन्त सधैं अनुसन्धान मुलक कार्यमा जोड दिन्थे । स्मृति दिवस समारोहमा मन्तव्य राख्दै नेपाल राष्ट्र बैंकका विमलराज खनालले डा.पन्त आफ्नो अन्तरआत्मा देखिकै श्रद्धाका पात्र रहेको, उनको सादा जीवनशैली, सोच व्यवहार र विपन्नको सेवाको लागि गरेको नेतृत्वबाट आफु साह्रै प्रभावित भएको स्मरण गरे ।

उनले शुरु गरेको लघुवित्त सेवाले नेपालको आर्थिक सामाजिक विकास र महिला विकासमा धेरै ठूलो योगदान पुर्याएको बताए । हाल लघुवित्तमा केही छिटपुट कमजोरीलाई देखाएर लघुवित्तको पहुँचको गलत स्वार्थपूर्ण फाइदा लिनको लागि सञ्चालित क्रियाकलापलाई नियन्त्रणको लागि नेपाल सरकारको पहल आवश्यक रहेको र हामी पनि आफ्नोे ठाउँबाट सुधार गर्नेछौं भन्दै पुराना लघुवित्तमा समस्या नभएको नयाँ लघुवित्त संस्था लघुवित्त संस्थाहरु मर्मविपरित सञ्चालन हुँदा हाल केही कमजोरी देखिएको भए पनि लघुवित्तको धेरै राम्रा पक्ष रहेको बताए ।
प्राध्यापक डा. फत्त बहादुर के.सी.ले सो क्रममा मन्तव्य राख्दै लाखौं लाख नेपालीको मनमा अमिट छापको रुपमा डा.पन्त रहेको र नेपाली समाजमा आर्थिक तथा सामाजिक रुपान्तर गर्न लघुवित्त को विकल्प नभएको बताए । समारोहमा लघुवित्त एसोसिएसनका अध्यक्ष राम बहादुर यादवले डा.पन्तले देखाएको बाटोबाट नै दुरदराजका गाउँमा विपन्न गरिव महिलासम्म लघुवित्त सेवाको पहुँच भएकोे बताए ।
कर्जा सदुपयोगिता, वित्तीय साक्षरता र गैरवित्तीय सेवामा जोड दिँदै डा. पन्तको सोंच अनुरुप अगाडी बढ्नु पर्छ अन्यथा अझै विकराल अवस्था हुन सक्ने निर्धन उत्थानका कार्यकारी अधिकृत मुकेश दहालले बताएका थिए ।
कार्यक्रमको समापन गर्दै समारोहका अध्यक्ष बहुआयामिक, मेधावी डा. पन्तसँगै आफुपनि पनि निर्धन संस्थाको सुरुवातको संस्थापक भइ लामो समयसम्म सहयात्रा गरेको र उहाँ सधै विपन्न तथा गरिबको सेवा प्रति चिन्तित भएर उनीहरुलाई वित्तीय तथा गैरवित्तीय सेवाका साथै रोजगारी स्वरोजगारी विकासका लागि लागि परेको बताए । उनले पुरा गर्न नभ्याएका सपना पुरा गर्न बाँकी कार्य हामीले गर्नुपर्ने उनले बताए ।
देशका सातै प्रदेशमानवौ स्मृती दिवस कार्यक्रम आयोजना गरी ७ जनालाई डा.हरिहर देव पन्त लघुउद्यमशीलप्रति व्यक्ति नगद रु.५०,०००, २ जनालाई शैक्षिक उत्कृष्टता प्रति व्यक्ति रु.५०,००० र १ जनालाई आर्थिक पत्रकारिता रु.१००,००० पुरस्कार स्वरुप नगद र सम्मानपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा सहभागीहरुलाई डा. पन्त तथा लघुवित्तको वारेमा सानोे डकुमेन्ट्री देखाइएको निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका बरिष्ठ व्यवस्थापक जिताराम गौतमले जानकारी गराए ।



