Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

नेरुडे मिर्मिरे लघुवित्तद्वारा बीमा दाबी रकम भुक्तानी

२०८१ भाद्र १२ गते

बैंकिङ खबर/नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको चौरजहारी शाखाले १० लाख २० हजारको बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय चौरजहारीले केन्द्र न. ६० सितल नेरूडे मिर्मिरे समूहका सदस्य भुम बहादुर के.सी.को निधनपछि कर्जाको जीवन बीमा अन्तर्गत उक्त रकम भुक्तानी गरेको हो ।

मृतकको श्रीमती लक्ष्मी के.सी.लाई बिमाङ्क तथा क्रिया खर्च बापत रु १०,२०,००० (अक्षरुपी दश लाख बीस हजार मात्र) को चेक हस्तान्तरण गरिएको हो । उक्त चेक चौरजहारी नगरपालिकाकी उपमेयर ईश्वरी कुमारी शर्माद्वारा हस्तान्तरण गरेको हो ।

हस्तान्तरणको कार्यक्रममा चौरजहारी वडा नं. ४ का वडा अध्यक्ष गोपाल भण्डारी, नेरुडे मिर्मिरे लघुवित्त श्रीनगर क्लष्टर प्रमुख तेज बहादुर खत्री, शाखा प्रमुख विनोद कुमार श्रेष्ठ, शाखाका कर्मचारीहरु यसुदा बुढा, कमला खड्का लगायत स्थानीय बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो। बीमा दाबी भुक्तानी प्राप्त गरेपछि श्रीमती लक्ष्मी के.सी.ले बीमा गरिएको कारणले कर्जाको भार परिवारमा नपरेको भन्दै संस्था तथा बीमा कम्पनीप्रति आभार व्यक्त गरेका छन् ।