Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

नेप्सेले भन्यो,‘लगानीकर्ताको गुनासो सम्बोधन गर्नू’

२०८१ श्रावण २४ गते

बैंकिङ खबर/बजार सञ्चालक नेपाल स्टक एक्सञ्चेन्ज (नेप्से) ले शेयर कारोबार रकम बढेपछि ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा समस्या आएपछि धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी) हरुलाई गुनासो सम्बोधन गर्न आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै नेप्सेले लगानीकर्ताहरुबाट टिएमएसमा समस्या आएको, खरिदबिक्री गर्न समस्या आउनुका साथै भुक्तानी पनि ढिला भएको गुनासो बढेको बताएको छ । ‘लगानीकर्ताहरुको गुनासो सम्बोधन गर्ने जिम्मेवारी पनि सम्बन्धीत धितोपत्र दलालकै भएको हुँदा यथाशिघ्र सम्पन्न गर्नेगरी आवश्यक व्यवस्थापन गर्नु’, विज्ञप्तिमा भनिएको छ ।

हेर्नुस विज्ञप्ति