Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

सेयर धितो कर्जाको २० करोडको सीमा खारेज गर्न माग

२०८१ असार २५ गते

बैंकिङ खबर/ धितोपत्र बजारका लगानीकर्ता सिर्जना सुवेदीले यस अघिको मौद्रिक नीतिले सेयर धितो कर्जामा लगाएको २० करोडको सीमा पूर्णरुपमा खारेज गर्नुपर्ने माग राखेकी छन् । मंगलबार नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आयोजना गरेको मौद्रिक नीति विशेष छलफल तथा बहस कार्यक्रममा बोल्दै उनले गभर्नर महाप्रसाद अधिकारीसँग मार्जिन प्रकृतिको कर्जाको जोखिम भार १२५ प्रतिशतबाट १०० प्रतिशतमा झार्न र बैंकहरुलाई पनि सेयर खरिद बिक्रीका लागि खुल्ला गर्न माग गरिन् ।

कार्यक्रममा चालु पुँजी कर्जाका बारेमा थप प्रस्ट पार्दै उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन कुमार श्रेष्ठले व्यवसायीहरूले पनि चेतिसकेको र राष्ट्र बैंकले पनि विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको अवगत गराउँदै आगामी आर्थिक वार्षको मौद्रिक नीतिले चालु पुँजी कर्जा मार्गदर्शनलाई थप खुकुलो बनाउनुपर्ने माग राखे । यसैगरी श्रेष्ठले स्वदेशी उद्योग र उत्पादनलाई विशेष प्राथमिकता दिने गरी एसेम्बलिङ उद्योगलाई विशेष छुटको व्यवस्था गर्नुपर्ने बताए ।