Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा

२०८१ असार २ गते

बैंकिङ खबर/ माछापुच्छ्रे बैंकको साढे १० लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकले संस्थापक शेयरधनी गणेशबहादुर श्रेष्ठको नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

यो शेयरमा जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। यसअघि उक्त शेयर बैंकका संस्थापक शेयरधनीहरुका लागि बिक्री खुला गरिएको थियो। तर, संस्थापक शेयरधनीहरुबाट कुनै निवेदन नपरेपछि अन्य व्यक्ति तथा संस्थालाई बिक्री गरिएको बैंकले जनाएको छ।

इच्छुक लगानीकर्ताले ७ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको सुन्धारास्थित बाघदरबार जेडीए कम्प्लेक्समा रहेको माछापुच्छ्रे क्यापिटलको शेयर विभागमा दिन सकिने बैंकले जनाएको छ।