Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

सगरमाथा इन्स्यारेन्सका सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर

admin २०७३ मंसिर ५ गते
सेयर:

sagarmathaसगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न २२६ औँ सञ्चालक समितिको बैठकले उक्त अनुपातमा बोनस सेयर दिने प्रस्ताव अघि सारेको छ । कम्पनीले कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद लाभांश पनि दिनेछ । प्रस्तावित लाभांश नियामक बीमा समितिबाट स्विकृत भई कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् । 

सगरमाथाले गत आर्थिक वर्षको मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले ३० करोड रुपैयाँ नाफा गरेको थियो । हाल सगरमाथा इन्स्योरेन्सको चुक्तापुँजी ४० करोड रुपैयाँ छ । २२ प्रतिशत बोनस सेयर वितरण गरेपछि कम्पनीको पुँजी ४८ करोड ८० लाख रुपैयाँ पुग्नेछ । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।