Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

जनता बैंकले तीन महिनामा कमायो छ करोड ३९ लाख नाफा

२०७३ मंसिर ३ गते

janata bank 1जनता बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६ करोड ३९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० दशमलव ५२ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा जनताले ५ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

२ अर्ब ६ करोड रुपैयाँ चुक्ता पुँजी भएको जनता बैंकले निक्षेपमा गत आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा १३ दशमलव ६३ प्रतिशत वृद्धि गरी २५ अर्ब २५ करोड ३ लाख रुपैयाँ संकलन गरेको छ । कर्जातर्फ बैंकले १० दशमलव ५२ प्रतिशत बढाएर २१ अर्ब ८० करोड ९२ लाख रुपैयाँ लगानी गरेको छ । 

बैंकको खुद व्याज आम्दानी गत वर्षको असोज मसान्तको तुलनामा  ११ दशमलव ९७ प्रतिशतले बढेर १८ करोड ७२ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ९ करोड ५८ लाख रुपैयाँ पुगेको छ । 

यो अवधिमा ५९ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा ४ करोड ८२ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा ६८ करोड २६ लाख रुपैयाँ राखेको छ । असोज मसान्तसम्ममा बैंकको निष्कृय कर्र्जा १ दशमलव १८ प्रतिशत र जोखिमयुक्त सम्पति १२ दशमलव १४ प्रतिशत रहेको छ ।

त्यस्तै, बैंकको प्रतिशेयर आम्दानी १२ दशमलव ४२ रुपैयाँ, मुल्य आम्दानीेको अनुपात ४३ गुणा, प्रति शेयर नेटवर्थ १ सय ३३ दशमलव १४ रुपैयाँ, तरलता अनुपात २४ दशमलव १० प्रतिशत रहेको छ ।

Ad