Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

दुई वाणिज्य बैंकको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा

२०८० चैत्र ५ गते

बैंकिङ खबर/ दुई वाणिज्य बैंकको साढे ४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। सानिमा बैंक र कुमारी बैंकको कुल ४ लाख ५८ हजार ३६३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।

सानिमा बैंकको कुल ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

सानिमा बैंकको शेयर खरिदका लागि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीले काठमाडौंको नक्सालस्थित बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।

यसैगरी कुमारी बैंकको कुल १ लाख ५८ हजार ३६३ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र काठमाडौंको टंगालस्थित बैंकको केन्द्रीय कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलको कार्यालयमा शेयर खरिद आवेदन दिन सक्नेछन्।

उक्त अवधिभित्र शेयर खरिद आवेदन नपरेकोमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।