२०८० फाल्गुन १५ गते

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तयार भयाे कार्यविधि (पूर्णपाठसहित)

बैंकिङ खबर/ धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले अध्यक्ष बन्न चाहानेहरुको योग्यता र मापदण्डसहितको कार्यविधि तयार गरेको छ । बोर्डमा पुस २० गतेपछि अध्यक्ष पद रिक्त छ ।

यही शुक्रबारभित्रै बोर्ड अध्यक्षका लागि दरखास्त आह्वानको तयारी गरेको सिफारिस समितिले मङ्गलबार कार्यविधि सार्वजनिक गरेको हो । चार वर्षे कार्यकालका लागि बोर्ड अध्यक्ष नियुक्त गर्न सरकारले माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचिव डा.कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको सिफारिस समिति गठन गरेको थियो । उक्त समितिले कार्यविधि तयार गरी सार्वजनिक गरेको हो ।

638446549992403200