Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा साइकल र्‍यालीको आयोजना

२०८० जेष्ठ १० गते

बैंकिङ खबर/ सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर शनिबार डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालसँगको सहकार्यमा साइकल र्‍यालीको आयोजना गर्ने भएको छ ।

बैंकले गत वर्ष समेत वातावरण दिवसका दिन पहिलो बृहत साइकल र्‍याली सफलतापूर्वक सम्पन्न गरेकोमा यस वर्षसमेत अझ सशक्तपूर्वक धेरै भन्दा धेरै सहभागिता जुटाई बृहत रुपमा सम्पन्न गर्ने लक्ष्यका साथ दोस्रोे “साइकल र्‍याली, २०८०” को आयोजना गर्न लागेको हो ।

“इन्धन जोगाऔं, पृथ्वी बचाऔं” भन्ने मूल नाराका साथ आह्वान गरिएको यो साइकल र्‍यालीमा बैंकका कर्मचारी, गाहकवर्ग, शेयरधनी एवं यस बैंक प्रति सद्भाव राख्ने सम्पूर्ण शुभेच्छुक महानुभावहरुको उत्साहजनक सहभागिता भई सम्पन्न हुनेमा बैंक विश्वस्त रहेको छ ।

यस साइकल र्‍याली जेष्ठ २० गते शनिवार बिहान ७ः०० बजे बैंककै बालुवाटारस्थित केन्द«ीय कार्यालयको प्राङ्गणबाट शुरु भई लगभग १० कि.मी.को यात्रा पश्चात सानो गौचरणमा सम्पन्न गरिनेछ ।

यस साइकल र्‍यालीबाट सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले वातावरण प्रवद्र्धन प्रतिको आफ्नो उत्तरदायित्वलाई आत्मसात गर्दै इन्धनको मितव्ययिता एवं साइकल जस्तो वैकल्पिक यातायातको साधनको प्रयोग गरी प्रदुषण नियन्त्रणमा टेवा पुर्‍याउनको निम्ति समाजमा चेतना फैलाउन योगदान पुग्ने विश्वास राखेको छ । यस साइकल र्‍यालीमा सम्पूर्ण शुभेच्छुक महानुभावहरुलाई सहभागीताको निम्ति नाम दर्ता गर्न समेत प्रेस विज्ञप्ती मार्पmत आह्वान गरेको छ ।

यस र्‍यालीमा सहभागी स्वयंले साइकल एवं अन्य आवश्यक उपकरणको व्यवस्था गर्नुपर्नेछ । र्‍यालीमा सम्पूर्ण सहभागीलाई वातावरण दिवसको चिनो स्वरुप विरुवा प्रदान गरिनेछ ।

यसैगरी, र्‍यालीमा नाम दर्ता गर्ने पहिलो ३०० जनालाई टिसर्टको व्यवस्था गरिएको छ भने “लक्की ड्र” बाट एकजना भाग्यमानी सहभागीलाई साइकल समेत वितरण गरिनेछ ।  यस साइकल र्‍यालीलाई विभिन्न क्षेत्रका संघसंस्थाहरुको समेत आ–आफ्नो तवरबाट सहयोग तथा साथ लिएर आयोजना गर्न लागिएको बैंकले जनाएको छ ।

साथै, यस साइकल र्‍यालीको सम्पूर्ण विवरणकोे निम्ति यस बैंकको आधिकारीक वेवसाइट www.shangrilabank.com  मा गई जानकारी लिनुहुन तथा दर्ता गर्नको लागि https://www.shangrilabank.com/cyclerally मा गई यथाशिघ्र दर्ता गर्नुहुन समेत बैंकले आग्रह गरेको छ ।