
बैंकिङ खबर/ कुनै भौगोलिक स्थानमा वित्तीय संस्थाको उपस्थिति नै वित्तीय पहुँच भन्ने बुझिन्छ । बैंक तथा वित्तीय संस्थाको शाखा तीनले सञ्चालन गरेका ए.टि.ए.म अन्य प्राविधिक उपकरण आदिलाइ पहुँच भन्न सकिन्छ ।
पहुँच मापन गर्ने ‘क’ बैंक शाखाले सेवा लिन जनसंख्या, एक ग्राहकले सेवा प्राप्त गर्न पनर गर्नु पर्ने दुरी वा कति समयमा शाखामा पुग्न सक्छ आदिको जानकारी महत्वपूर्ण मानिन्छ । वित्तीय पहँुचले आपुर्ति प्रधान विषयलाइ बुझाउँछ ।
कम खर्चले बैंक तथा वित्तीय संस्थाहरुले प्रधान गर्ने बैंक तथा वित्तीय सेवा प्राप्त गर्नसक्ने अवस्थालाई वित्तीय पहुँच भनिन्छ । वित्तीय पहुँच विस्तारका लागि बैंक तथा वित्तीय संस्थाका शाखाहरुको विस्तार सूचना प्रविधिको प्रयोगबाट बैंक तथा वित्तीय संस्थाबाट सेवा प्रवाह शाखारहित बैँकिङ सेवा प्रवाह आदि कार्य गर्न सकिन्छ । मुलुकका नारिकहरुलाई बैंकिङ तथा तथा वित्तीय प्रणालीसँग आवद्ध गराउनको लागि वित्तीय पहुँचको आवश्यक पर्दछ ।
वित्तीय पहुँच बढाउने तरिका
१ ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा वित्तीय संस्थाहरुको उपलब्धतामा वृद्धि गर्ने,
२ वित्तीय पहुँच तथा समावेशिकरणको विस्तारको लागि नीति विकास गर्ने,
३ वित्तीय पहुँचलाई व्यापक बनाउन संस्थागत अवस्थाहरुको सुधार गर्ने,
४ लघुवित्त संस्थाहरुको नियनमन र सुपरिवेक्षण संयन्त्रको सुधार गर्ने,
५ वित्तीय शिक्षको माध्यामबाट जागरुकता जगाउने
६ वित्तीय सेवा र उत्पादनको उपयोगको सम्बन्धमा प्रवद्र्धन गर्ने ।



