सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो महोत्तरीस्थित बर्दिवास शाखाको स्थानान्तरण गरेको छ । बैंकले महोत्तरीको वर्दिवास नगरपालिका २ मा रहेको शाखालाई वर्दिवास नगरपालिका १ मा बुधबार स्थानान्तरण गरेको हो । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले पूजापाठ गरि नयाँ भवनबाट सो शाखाको आरम्भ गरे ।
बैंकले आफ्नो कुल ५८ वटा शाखा, ५१ वटा ए।टि।एम। काउन्टर र ४८ वटा शाखारहित आधुनिक बैकिङ्ग सेवाबाट १४ अंचलका करिब ४ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गरिरहेकोे छ । बैंकले आर्थिक वर्ष २०७३र७४ को आश्विन मसान्तसम्म खुद मनाफा रु। ३४ करोड ५ लाख आर्जन गर्न सफल भएको छ भने निक्षेप तर्फ करिव रु। ५० अर्ब र कर्जा प्रवाह तर्फ करिव रु। ४४ अर्ब परिचालन गरेको छ ।



