२०७३ कार्तिक १० गते

आईसीएफसी फाइनान्सले गर्यो कमालको प्रगति, २७१ प्रतिशतले बढायो नाफा

icfcआइसीएफसी फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७३/०७४ को पहिलो त्रैमासमा ६ करोड ६१ लाख रुपैंया खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत वर्षको सोही अवधिको तुलनामा २ सय ७१ दशमलव ४८ प्रतिशतले बढी नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा आईसीएफसीले १ करोड ८८ लाख रुपैंया खुद नाफा कमाएको थियो ।

६८ करोड ५२ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले ३४ करोड ३४ लाख रुपैयाँ जगेडा कोषमा राखेको छ । निक्षेपमा गत वर्षको सोहि अवधिको तुलनाभन्दा ३३ दशमलव १५ प्रतिशतले वृद्धि गरी ५ अर्ब ९९ करोड ९५ लाख रुपैयाँ संकलन गरेको छ भने ४ अर्ब ७१ करोड ७६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

कम्पनीको खुद व्याज आम्दानी ३५ दशमलव २१ प्रतिशतले बढेर ६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ६६ दशमलव ४६ प्रतिशतले बढेर ३ करोड ६७ लाख रुपैयाँ पुगेको छ । फाइनान्सले प्रोभिजनमा ९ लाख रुपैयाँ राखेको छ भने ३ करोड ४५ लाख रुपैयाँ खराबकर्जा उठाएको छ । फाइनान्सको जोखिम युक्त सम्पत्ति १४ दशमलव ७९ प्रतिशत रहेको छ ।