Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

एनएमबि बैंकका ग्राहकलाइ लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेजमा १५% छुट 

२०७९ चैत्र ९ गते
 
बैंकिङ खबर/ एनएमबि बैंक र  बुटवल स्थित लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालि ( पुरानो लुम्बिनी नर्सिङ होम) बीच एक सम्झौता भएको छ। सम्झौता अनुसार  एनएमबि बैंक लिमिटेडका कर्मचारी एवं ग्राहकले  लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिबाट प्रदान गरिएको सम्पूर्ण  सेवामा १५% छुट पाउनेछ्न । 
 सम्झौतामा डाक्टर शुल्क, फार्मेसी, डिलक्स बेड, अर्थोपेडिक इमप्लान्टस र ट्रीटमेन्ट इक्युमेन्ट र शैक्षिक कार्यक्रमहरु भने छुटमा समावेश गरिएको छैन । यस बाहेकका सबै सेवामा एनएमबि बैंकका कर्मचारी र ग्राहकले १५% छुट पाउने बैंकका मिलनचोक शाखा प्रबन्धक नविन पोख्रेलले जानकारी दिनुभयो । आफ्ना ग्राहकलाइ उपचारको क्रममा राहत होस्  भनेर सम्झौता गरिएको उहाले बताउनुभयो ।
 
सम्झौतामा एनएमबि बैंक लुम्बिनी प्रदेश प्रमुख नबिन बिष्ट  र लुम्बिनी हस्पिटल एन्ड कलेज प्रालिका कार्यकारी निर्देशनक भिम प्रसाद तुलाचनले हस्ताक्षर गर्नुभएको छ । एनएमबि बैंक बुटवल मिलनचोक शाखा नविन पोख्रेल  र लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रालिका कार्यकारी निर्देशनक भिमप्रसाद तुलाचनले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ।
 
सम्झौताले एनएमबि बैंकका सम्पूर्ण  कर्मचारी  एवं  एनएमबि बैंकमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुने मिलनचोक शाखाका बिडिएम कविता गौतमले बताउनुभयो।  छुट पाउनको लागि एनएमबि बैंकको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग,  मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने उहाँले जानकारी दिनुभयो।