प्रभु मनि ट्रान्स्फर प्रा.लि र रामारोशन माइक्रोफाइनान्स वित्तिय सस्था लि. बिच रेमिट्यान्स सम्झौता समपन्न भएको छ । सम्झौता पत्रमा प्रभु मनि ट्रान्स्फरका तर्फबाट नायब महाप्रवन्धक रामेश्वर सापकोटा र रामारोशन माइक्रोफाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बखत बहादुर बटालाले सोमबार हस्ताक्षर गरे ।
सम्झौता अनुसार, अब प्रभु मनि ट्रान्सफरबाट पठाइएको रेमिट्यान्स रामारोशन माइक्रोफाइनान्सले भुक्तानी गर्नेछ । हाल प्रधान कार्यलय अछामबाट सेवा दिने र चालु वर्ष भित्र नै बाँकी शाखाहरुबाट सेवा सञ्चालन गर्ने लक्ष्य रहेको रामारोशनका सीईओ बटालाले जानकारी दिए ।
अछाम जिल्लाको मंगलसेन–५, मा प्रधान कार्यलय रहेको रामारोशन १० जिल्ला कार्यक्षेत्र भएको वित्तीय संस्था हो । अछाम, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालिकोट, दैलेख र सुर्खेतमा यस संस्थाले वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।