२०७३ कार्तिक ७ गते

पहिलो त्रैमासमै सनराइज बैंकको धमाका : नाफामा ११४.८६ प्रतिशतको बढोत्तरी

sunrise-bankसनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७३÷७४ को पहिलो त्रैमाशमा २५ करोड ३१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा ११४.८६ प्रतिशतले बढोत्तरी गरेको हो । गत वर्षको पहिलो त्रैमासमा सनराइजले ११ करोड ७८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । 

५ अर्ब ३० करोड १३ लाख रुपैयाँ चुक्ता पूँजी भएको बैंकले जगेडा कोषमा १ अर्ब ०९ करोड ६३ लाख रुपैयाँ छुट्याएको छ । बैंकले कर्जातर्फ ५८ दशमलव ९२ प्रतिशतले बढाएर ४६ अर्ब ४५ करोड १४ लाख रुपैयाँ परिचालन गरेको छ । बैंकको खुद व्याज आम्दानी ८३ दशमलव ७२ प्रतिशतले बढेर ५१ करोड ५६ लाख रुपैयाँ पुगेको छ भने  संचालन मुनाफा ९१ दशमलव ९० प्रतिशतले बढेर ३० करोड ४९ लाख रुपैयाँ पुगेको छ । बैंकले प्रोभिजनमा १५ करोड १७ लाख रुपैयाँ राखेको छ । चालू आवको पहिलो तीन महिनामा बैंक ७ करोड २३ लाख रुपैयाँ खराबकर्जा उठाउन सफल भएको छ ।

हाल बैंकको जोखिम युक्त सम्पति ११ दशमलव ९१ प्रतिशतमा झरेो छ भने निष्क्रिय कर्जा १ दशमलव ६९ प्रतिशत रहेको छ । बैंकको प्रतिशेयर आम्दानी १९ दशमलव १० रुपैयाँ, मूल्य आम्दानीको अनुपात ३३ दशलमव ४६ गुणा, प्रतिशेयर नेटवर्थ १ सय २० दशमलव ६८ रुपैयाँ र तरलता अनुपात २३ दशमल ४८ प्रतिशत रहेको छ ।