Banking Khabar
ब्रेकिङ
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

मेट्रो डेभलपमेन्ट बैँक र एक्सप्रेस फाइनान्स गाभ्ने कैलाश विकास बैँकको निर्णय

admin २०७२ फाल्गुन २१ गते
सेयर:

kailash bikas bankनेपालको राष्ट्रिय स्तरको विकास बैँक कैलाश विकास बैँकले एउटा क्षेत्रीय स्तरको डेभलपमेन्ट बैँक र एउटा राष्ट्रिय स्तरको वित्त कम्पनि गाभ्ने निर्णय गरेको छ । बैँकको शुक्रबार सम्पन्न विशेष साधारण सभाले मेट्रो डेभलपमेन्ट बैँक र एक्सप्रेस फाइनान्स गाभ्ने सर्वसम्मत निर्ण गरेको बैँकका सञ्चालक समितीका अध्यक्ष राजेन्द्र गिरीले बताए । मेट्रो डेभलपमेन्ट बैँकको केन्द्रिय कार्यालय पोखरामा छ भने एक्सप्रेस फाइनान्सको केन्द्रिय कार्यालय काठमाडौँमा रहेको छ ।

सभाले आगामी २०७४ असार मसान्तसम्म चुक्ता पुँजी २ अर्ब ५० करोड पुर्याउन मर्जर पछि कायम रहेको चुक्ता पुँजीमा २० प्रतिशतका दरले हकप्रद शेयर निकाष्शन गर्ने संस्थाको अधिकृत पुँजी  ३ अर्ब १० करोड, जारी पुँजी १ अर्ब ८९ करोड पुर्याउने निर्णय समेत गरेको छ । मर्जर पछि बैंकको चुक्ता पुँजी  १ अर्ब ५८ करोड पुग्नेछ, त्यसैगरी पुस मसान्त सम्मको वित्तीय विवरण अनुसार निक्षेप रु. १३ अर्ब २२ करोड र कर्जा रु. ११ अर्ब ४८ करोड रहेको छ । मर्जर पछि बैंकको शाखा सख्या ३८ र १७ वटा ए टि एम हुनेछन् भने मर्जर पछिको बैंकको नाम कैलाश विकास बैंक लिमिटेड रहने निर्णय भएको छ ।  

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।