Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सिद्धार्थ बैंकले ल्यायो नयाँ एप्लिकेशन : दैनिक बैंकिङ कारोबार अब मोबाइलबाटै

admin २०७३ कार्तिक ४ गते
सेयर:

siddarthaसिद्धार्थ बैंकले “सिद्धार्थ बैंक स्मार्ट“ नामक नयाँ मोबाइल बैंकिङ्ग एप्लिकेशन बजारमा ल्याएको छ । यो एप्लिकेशन ग्राहकले बैंक खातामा रहेको आफ्नो रकम आफुले चाहेको प्रयोजनका लागि सरल र सुरक्षित तरीकाले उपयोग गर्न सक्ने बैंकले जनाएको छ । आईओएस प्रयोगकर्ताले iTunes बाट र एनरोइड प्रयोगकर्ताले Playstore बाट यो एप्लिकेशन डाउनलोड गर्न सक्नेछन् । 

यो एप्लिकेशनमा पहिलेको भन्दा बिभिन्न विशेषताहरु थप गरिएको बैंकले जानकारी गराएको छ । यस एप्लिकेशनका माध्यमबाट इन्स्योरेन्स प्रिमियमको जानकारी लिन र भुक्तानी गर्न सकिनेछ । साथै, विद्यालयको शुल्क भुक्तानी गर्न, फोन पे मेम्बर बैंक बीच अन्तर बैंक कारोबार गर्न, सिद्धार्थ बैंकको कुनै पनि खाताबाट अर्को खातामा रकम पठाउन र विभिन्न खातामा रकमान्तरको Standing Instruction दिन सकिनेछ । त्यस्तै, नमस्ते, एनसेल, एडीएसएल, डिसहोम र ईसेवा रिचार्ज गर्न तथा बिल तिर्न समेत यो एप्लिेकेसनको प्रयोग गर्न सकिनेछ । यसका अलावा बैंकको शाखा र एटीएम रहेको स्थान पत्ता लगाउन, आफ्नो खाताको विवरण लिन र अन्य बिभिन्न सुविधाहरु सुरक्षित तरिकाबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ । 

सिद्धार्थ बैंक स्मार्ट एप्लिकेशन डाउनलोड गरेपछि सिद्धार्थ बैंकका ग्राहकहरुले आफूलाई आवश्यक बिभिन्न बैंकीङ सुबिधाहरु आफ्नो मोबाइलबाट नै उपयोग गर्न सक्नेछन् । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।