Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंकिङ कसुरः ९९ जनाविरुद्ध मुद्दा, ३० दिनभित्र हाजिर हुन उच्चको आदेश

२०७९ पुष ४ गते

बैंकिङ खबर/ बैंकिङ कसुर मुद्दामा ९९ जनालाई ३० दिनभित्र बयानका लागि उपस्थित हुन उच्च अदालत पाटनले आदेश दिएको छ । अदालतले पुस ४ गतेको मितिदेखि ३० दिनभित्र बयानका लागि अदालतमा हाजिर हुन आदेश दिएको हो ।

अदालतको आदेशअनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा २३ बमोजिम पहिलो पटक उनीहरु को नाममा तीन दिने सूचना प्रकाशन भएको हो । बयानका लागि बोलाइएको म्यादभित्र हाजिर नभई गुजारी बसेमा कानुन बमोजिम हुने अदालतले जनाएको छ ।