Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

दशैँमा मात्रै म्याग्दीमा भित्रियो एक अर्ब रेमिट्यान्स 

२०७३ आश्विन ३० गते

moneyम्याग्दीमा पछिल्लो एक महिनाको अवधिमा करिब एक अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । दसैँ, तिहारजस्ता चाडपर्वमा घरखर्चका लागि विदेशमा रहेका म्याग्दीवासीले सो मात्रामा रेमिट्यान्स पठाएका हुन् । चाडपर्वमा उपभोग र किनमेलमा धेरै खर्च हुने गर्छ । विदेशमा रहेकाले समेत अन्य समयको तुलनामा बढी रकम पठाउने गरेका छन् । 

चाडपर्वको समयमा रेमिट्यान्स भित्रिने क्रम बढी हुने गरेको बैंकरहरु बताउँछन् । जिल्लामा रहेका १४ वटा बैंकका २० वटा शाखा र त्योभन्दा दोब्बर सङ्ख्यामा रहेका रेमिट कम्पनीका प्रतिनिधिले असोजमा अन्य महिनाको तुलनामा दोब्बर बढी रेमिट्यान्स भुक्तानी गरेको जनाएका छन् । सो अवधिमा एउटा कम्पनी तथा शाखाले न्यूनतम् एक करोड ५० लाख रुपैयाँदेखि बढीमा पाँच करोड रुपैयाँसम्म रेमिट्यान्स भुक्तानी गरेका छन् । 

म्याग्दीको करिब ३० हजार जनसङ्ख्या रोजगारी, अध्ययन र विभिन्न पेसा व्यवसायको सिलसिलामा विश्वका विभिन्न देशमा पुगेका छन् । 

Ad