Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

‘ब्याजदर नियन्त्रण गर, गरी खान देऊ’(फोटोफिचर)

२०७९ मंसिर २२ गते

बैंकिङ खबर/ सरकार र राष्ट्र बैंकको नीतिविरुद्ध अटो व्यवसायीहरु विरोध प्रदर्शनमा उत्रिएका छन् । यसअघिको पूर्वनिर्धारित आन्दोलनका कार्यक्रमअनुरुप अटोमोबाइल्स डिलर्स एसोसियसन अफ नेपाल (नाडा)को अगुवाइमा अटो व्यवसायीहरुले बिहीबार काठमाडौंको माइतीघरमा बिहान ११ बजेबाट विरोध प्रदर्शन गर्नुका साथै धर्ना दिएका हुन् । धर्ना दिउँसो २ बजेसम्म दिइने नाडाले जनाएको छ ।

प्रदर्शनमा उत्रिएका अटो व्यवसायीहरुले ‘ब्याजदर नियन्त्रण गर’, ‘चालुपुँजी कर्जा मार्गदर्शन खारेज गर’, ‘मौद्रिक नीति परिमार्जन गर’, ‘गरी खान देऊ’, ‘देशमा सरकार त छ ?’, ‘जसले कर तिर्छ, उसैलाई पेल्ने’लगायतका नारा लगाएका छन् ।

तस्बिरमा हेर्नुहोस्