Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक र बुम रेमिट्यान्सबीच सम्झौता

२०७३ आश्विन २१ गते

boomभिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेड र बुम रेमिट्यान्स प्रालीबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा भिवोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत झलक प्रसाद खनाल र बुम रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले विहीबार हस्ताक्षर गरे ।

जसअनुसार, अब, बुम रेमिटमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम भिबोर सोसाइटी डेभलपमेन्ट बैंकका ४२ वटा शाखा तथा १ एक्सटेन्सन काउण्टर मार्फत भुक्तानी गरिनेछ । साथै बुम रेमीट सफ्टवेयर मार्फत आन्तरिक विप्रेषण (पठाउने तथा भुक्तानी गर्ने) कार्य गर्नका लागि समेत सम्झौता भएको छ । 

हाल बुम रेमिट्यान्सले खाडि मुलूकबाट रेमिट्यान्सको कारोवार गर्दै आएको छ । चाँडै नै मलेसिया, कोरीया, जापान, क्यानडा, अष्ट्रेलिया, युरोप, ईजरायल, भारत र अमेरिकाबाट समेत कारोबार सुरु गर्ने योजना कम्पनीको छ । आन्तरिक संजाललाई तीव्र रुपले विस्तार गर्दै आएको बुम रेमिटले विदेशमा पनि आफनो संजाल विस्तारलाई तीव्र रुपले अघि लैजाने रणनीति रहेको प्रबन्ध निर्देशक धिरेन्द्र पन्तले जानकारी दिए । पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहकार्य गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रबन्ध मिलाएको छ । बुम रेमिट हुन्डी कारोबारलाई निरूत्साहित गर्न नेपाल र विदेशमा वैकिङ्ग साक्षरता कार्यक्रम गर्दै आएको समेत पन्तले बताए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनको धारणा छ । 

Ad