
बैंकिङ खबर/ हिन्दू नेपालीहरुको दोश्रो ठूलो पर्व तिहारमा देउसी भैलो खेलेर रमाईलो गर्ने गरिन्छ । देउसी भैलोमार्फत रमाईलो गराएवापत देउसी टोलीलाई दान दक्षिणा पनि दिने चलन छ ।
आजभोली विभिन्न संघसंस्थाबाट ठूला–ठूला कार्यक्रम, तडकभडकका साथ देउसी खेलिन्छ र मनग्ये दक्षिणा पनि संकलन गरिन्छ । तर बालबालिकाहरुले सामान्य रुपले देउसी खेलेर पनि मनग्ये रकम जम्मा गर्ने गर्दछन् । खासगरी बालिकाहरु त्यति धैरै खर्च पनि गर्दैनन् भने अर्कोतिर टिकापछि दाजुभाईबाट पाउने दक्षिणाका कारणले पनि यो बेला उनीहरुसँग सामान्यभन्दा बढी रकम जम्मा भएको हुन्छ ।
अभिभावकका लागि भने यही बेला अझै सान्दर्भिक हुन सक्छ, आफ्ना छोराछोरीलाई बचत गर्ने बानी सिकाउने मौका । यो पैसाको बचत मात्रै नभएर आफ्ना सन्तानमा उत्तम बानीको निर्माण गर्नु पनि हो । पैसाको बचत, जतन र उपयोगीताबारे अभिभावकले बेलैमा आफ्ना सन्तानलाई सिकाउनुपर्छ र सचेत गराउनुपर्छ । किनकी पैसाको बचत, जतन र सदुपयोग गर्ने बानीले उनीहरुको भविष्य निर्माणमा ठूलो भूमिका खेल्नेछ ।
अहिले बैंक तथा वित्तीय संस्थाहरुले विभिन्न उमेर समूहलाई लक्षित बचत योजना सञ्चालनमा ल्याएका छन् । ती संस्थाहरुले सञ्चालनमा ल्याएका बचत योजनाहरु बालबालिका लक्षित पनि छन् । बैंकहरुले यस्तो बचतमा ४ प्रतिशतसम्म व्याज दिइरहेका छन् । बालबालिककाको नाममा बचत गर्न धेरै पुँजी हुनुपर्छ भन्ने पनि छैन । बैंकहरुले निःशुल्कदेखि १ हजार रुपैयाँसम्म हुनु पर्ने गरि बचत खाता सञ्चालनमा ल्याएका छन् ।जसमा अभिभावकले बालबालिकालाई सहभागी गराउन सक्ने हो भने भविष्यमा निकै सहज हुने छ ।
हेरौं केहि बैंकवित्तले ल्याएका बाल बचत खाता योजना :
नेपाल बैंकको ‘सन्तती बचत खाता’
नेपालमा हाल संचालित कमर्शियल बैंकमध्ये सबैभन्दा बढी निक्षेप संकलन गर्नेमा पहिलो स्थानमा रहेको सफल बैंक नेपाल बैंकले बालबालिका लक्षित विभिन्न खाताहरु सञ्चालन गर्दै आएको छ ।
बैंकले १८ वर्ष मुनिका बालबालिकाहरूका नाममा मात्र नेपाल बैङ्कमा सन्तति बचत खाता खोल्न सकिनेछ । यो खाता बाल्यकालदेखि बचत गर्ने बानीलाई बढावा दिन सञ्चालनमा ल्याएको बैङ्कले जनाएको छ ।
बैङ्कका अनुसार यस खातामा बालबालिकाका आमाबाबुको खाताबाट मासिक रूपमा स्वतः निश्चित रकम जम्मा गर्ने सुविधा प्रदान गरिनेछ । शून्य मौज्दातमा खोल्न सकिने यो खाता बालबालिकाको अभिभावकको अधिनमा निज नागरिकता धारक नभएसम्म रहनेछ भने तत्पश्चात खाताको स्वामित्व सम्बन्धित खातावालामा हस्तान्तरण हुनेछ ।
सर्वश्रेष्ठ बाबु नानी बचत खाता
एनआईसी एसिया बैंकले सर्वश्रेष्ठ बाबु नानी बचत खाता सञ्चालनमा ल्याएको छ । प्रत्येक आमाबाबुले आफ्नो बच्चाको राम्रो भविष्य चाहन्छन् । राम्रो भविष्यको खोजी गर्न एनआईसी एशिया बैंकले बालबच्चालाई लक्षित गर्दै पैसाको मूल्य सिकाउने जिम्मेवारीको भावना महसुस गराउन यो खाता सञ्चालमा ल्याएको हो ।न्यूनतम शुन्य ब्यालेन्समा यो खाता खोल्न सकिन्छ भने डिम्याट र मेरोशेयर शुल्क पहिलो वर्षको लागि निःशुल्क हुनेछ । मोबाइल बैंकिङ पहिलो वर्षको लागि निःशुल्क, इन्टरनेट बैंकिङ पहिलो वर्षको लागि निःशुल्क हुने बैंकले जनाएको छ ।
एभरेष्ट बैंकको बाल बचत खाता
बच्चाहरुको भविष्य सुरक्षित गर्ने लक्ष्य लिएर एभरेष्ट बैंकले बाल बचत खाता सञ्चालन गर्दै आएको छ । जसमा आमाबाबु, अभिभावकहरुले उनीहरुको बच्चाको नाममा बचत गर्छन्।
बालबालिका आमाबाबु खाताको अभिभावक हुनेछन् जब सम्म बच्चाहरु प्रमुख हुँदैनन् । न्यूनतम मौजात (ब्यालेन्स) रु ५ ,००० (उपत्यका भित्र), २,५०० (उपत्यका बाहिर) हुनुपर्नेछ । ब्याजदर उच्च र आकर्षक रहने बैंकले जनाएको छ ।
सुविधा डेबिट कार्डको जारी र नविकरण शुल्क, नि: शुल्क इन्टरनेट / एस.एम.एस. बैङ्किङ्, मोबाइल बैङ्किङ् सेवा, अवश्यकता अनुसार स्टेट्मेन्ट, कुनै पनि शाखा बैङ्किङ् सेवा र चेक बुक सुविधा रहनेछ ।
नबिल बैंकको बालबालिकालाई लक्षित गर्दै ‘नबिल जेन अल्फा’
नबिल बैंकले नेपालमै पहिलोपटक ‘नबिल जेन अल्फा’ एप सार्वजनिक गरेको छ । नबिलको जेन अल्फाका ब्राण्ड एम्बासडर प्रेन्सा रेग्मी र प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद दङ्गानाको उपस्थितिमा एप सार्वजनिक गरेको हो ।कम्पनीका अनुसार ‘नबिल जेन अल्फा’ १८ वर्षभन्दा मुनिका बालबालिकाहरु र अभिभावकलाई लक्षित गरेर ल्याइएको नेपालकै पहिलो एप हो ।
अभिभावकहरूले यस एपमार्फत आफ्ना बालबालिकाहरूका लागि दैनिक कार्यहरू सिर्जना गर्न, सेट गर्न र तोक्न सक्ने कम्पनीले जनाएको छ । यस एपमार्फत बालबालिकाहरूले कार्य सम्पादनपछि अंक कमाउन सक्छन् र त्यहि अंक लिंक गरिएको खातामा पैसाका रुपमा बचत हुने प्रावधान रहेको छ । यो स्किममार्फत बालबालिकाहरुलाई जीवन सीप र बचतको महत्व सिकाउने तथा अभिभावकहरुको दैनिकीमा सहजता ल्याउने लक्ष्य बैंकले लिएको छ ।
‘नबिल जेन अल्फा’ बचत खाताबाट बालबालिकाहरूलाई आफ्नो पढाइका साथसाथै दैनिक जीवनमा अति आवश्यक पर्ने कामकाज, पारिवारिक संस्कार तथा आफ्नो जिम्मेवारी बोधका साथै त्यसतर्फ उत्प्रेरित गराउने बैंकको अपेक्षा छ । बैंकका अनुसार यस योजना अन्तर्गत नबिल बैंकमा खाता भएका तथा नयाँ खाता खोल्ने ग्राहकले खाताबाट तोकिएको रकम स्वचालित रुपमा बालबालिकाको खातामा रकमान्तर गर्न सक्नेछन् ।
कुमारी बैंकको ट्वीङकल स्टार सेभिङ योजना
कुमारी बैंकले कम्तिमा १ हजारमा खाता खोल्न मिल्ने गरी आकर्षक ब्याजदरमा ट्वीङकल स्टार सेभिङ योजना संचालन गरिरहेको छ । यस खातामा तपाईले त्रैमासिक ब्याज भुक्तानी पाउनुहुनेछ । चेक बुक र खाता विवरण निः शुल्क प्राप्त गर्न सक्नुहुनेछ ।
ग्लोबल आइएमई बैंकको स्टुडेन्ट सेभिङ र बालबालिका बचत खाता
ग्लोबल आइएमई बैंकले स्टुडेन्ट सेभिङ र बालबालिका बचत खाता सञ्चालन गरिरहेको छ । न्यूनतम ब्यालेन्स शून्यमा खाता खोल्न सक्नुहुनेछ । माग अनुसार निःशुल्क चेक बुक, भिसा डेबिट कार्ड शुल्कमा ५० प्रतिशत छुट (पहिलो वर्ष), मोबाइल बैंकिङ सेवाहरू निःशुल्क इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष) पाउनुहुनेछ ।
बालबालिका बचत खाता न्यूनतम ब्यालेन्स एक सय रुपैयाँ हुनुपर्नेछ । माग अनुसार निःशुल्क चेक बुक, भिसा डेबिट कार्ड, मोबाइल बैंकिङ सेवाहरू, नि:शुल्क इन्टरनेट बैंकिङ सेवा (पहिलो वर्ष), शिक्षा ऋणको प्रशोधन शुल्कमा २५% छुट पाउनुहुनेछ ।
प्रभु बैंक
प्रभु बैंकले खुत्रुके बचत खाता संचालन गरिरहेको छ । कम्तिमा १ हजारमा खाता खोल्न मिल्ने गरी आकर्षक ब्याजदरमा खुत्रुके बचत खाता योजना संचालन गरिरहेको छ ।
सनराइज बैंकको बाल बचत खाता
सनराइज बाल बचत बचत खाताले आफ्ना बालबालिकाको खातामा रकम जम्मा गर्न चाहने अभिभावकहरूलाई सक्षम बनाउँछ । जुन उनीहरूको जीवनमा पछिल्ला दिनमा उपयोगी हुन सक्छ । जस्तै शैक्षिक खर्च र अन्य कुराहरू पूरा गर्न सहज हुनेछ ।
बच्चाहरू ठूला हुँदै र १८ वर्षको उमेरमा पुग्दा, जम्मा गरिएको रकम फिर्ता गर्न सकिनेछ । यस खाताबाट बालबालिकामा बचत गर्ने बानीको विकास हुने अपेक्षा गरिएको छ । तपाईले यसमा आकर्षक व्याज पाउनुहुने छ । यस्तै व्याजदर दैनिक, त्रैमासिक रुपमा बढ्ने छ । न्यूनतम ब्यालेन्स १ रुपैयाँ आवश्यक पर्नेछ ।
सानिमाको मुना बचत खाता
सानिमाको मुना बचत खाता एक निक्षेप योजना हो । जुन विशेष गरी १८ वर्ष र मुनिका बालबालिकाका लागि डिजाइन गरिएको हो। न्यूनतम मौज्दात शुन्य हुने छ भने आमाबाबुको खाताबाट मुना बचत खातामा स्वचालित रूपमा नियमित रूपमा पैसा हस्तान्तरण गर्न निःशुल्क स्थायी निर्देशन सुविधा हुनेछ । खातावालालाई जन्मदिनको केक उपलब्ध गराइने छ । ६ महिनाको अवधिको बचतमा रु २५,००० को औसत मौज्दात कायम राखिने छ ।
सिभिल बैंक
सिभिल बैंकले खुत्रुके बचत खाता संचालन गरिरहेको छ । यस खातामा पनि बालबालिकाहरुले बचत गर्न सक्नेछन् ।
सेञ्चुरी बैंक
सेन्चुरी बैंकमा पनि सेन्चुरी बाल बचत खातामार्फत बालबालिकाको खाता खोल्न सकिनेछ ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूमा तपाईले बालबालिकाको खाता खोल्न सक्नुहुनेछ । बैंकले बालबालिकालाई लक्षित गर्दै उज्वल तारा बचत योजना सञ्चालन गरिरहेको छ । बैंक अफ काठमाण्डूमा तपाईले बालबालिकाको खाता खोल्न सक्नुहुनेछ ।
बैंकले बालबालिकालाई लक्षित गर्दै उज्वल तारा बचत योजना सञ्चालन गरिरहेको छ । यस खाता अन्तर्गत नव कोपिला बचत खाता जुन बाल्यकालका बालबालिकाका लागि अर्थात् ८ वर्षसम्मको नवजात शिशुका लागि लक्षित गरी ल्याइएको खाता योजना हो । विवेकशील किशोर बचत खता किशोरावस्थामा अर्थात् ८ देखि १६ वर्षसम्मका बालबालिकाका लागि ल्याइएको छ । यसमा तपाईले उच्च ब्याज दर पाउनुहुनेछ । न्यूनतम मौज्दात १०० रुपैयाँ हुनुपर्ने छ । निःशुल्क चेक बुक पाउनुहुनेछ ।
माछापुच्छ्रे बैंक
बालबालिका बचत खाता नेपालमा लोकप्रिय बालबालिकाको बचत खाता हो। बालबालिका बचत खाता १५ वर्ष र मुनिका बालबालिकाका लागि डिजाइन गरिएको खाता हो। यसले महत्त्वपूर्ण रकम बचत गर्न प्रारम्भिक आर्थिक योजना बनाउन चाहने अभिभावकहरूलाई पनि सहयोग गर्दछ। आफ्ना बालबालिकाको भविष्यको लागि पैसा बचत गर्न सक्नेछन्।
न्यूनतम शूल्य मौजातमा खाता खोल्न सकिनेछ । ब्याज भुक्तानी त्रैमासिक रुपमा हुने छ । यो नाबालिगहरूको लागि व्यक्तिगत बचत खाता हो। खातावाला कानूनी रूपमा प्रमुख भएपछि खाता स्वतः सामान्य बचत खातामा रूपान्तरण हुनेछ।
नेपाल एसबिआई बैंक
नेपाल एसबिआई बैंकले छोरी बचत खाता सञ्चालन गरिरहेको छ । कर्णाली प्रदेशमा छोरीको हेरचाह, शिक्षा र सुरक्षालाई प्रोत्साहित गर्न बैंक खातामार्फत २० वर्षको उमेरसम्मका छोरीहरूलाई सहयोग उपलब्ध गराउन प्रदेश सरकारले कर्णाली प्रदेशका लागि विशेष गरी योजना बनाएको हो।
सनराइज बैंक
एनसीसी बैंकले सनराइज बाल बचत बचत खाता सञ्चालन गरिरहेको छ । आफ्ना बालबालिकाको खातामा रकम जम्मा गर्न चाहने अभिभावकहरूलाई सक्षम बनाउने यस खाताको उदेश्य हो । जुन उनीहरूको जीवनमा पछिल्ला दिनमा उपयोगी हुन सक्छ । जस्तै शैक्षिक खर्च र अन्य कुराहरू पूरा गर्न, बच्चाहरू ठूला हुँदै र १८ वर्षको उमेरमा पुग्दा, जम्मा गरिएको रकम फिर्ता हुनेछ ।
बालबालिकामा बचत गर्ने बानी बसाल्ने यस खाताको उदेश्य हो ।
स्ट्याण्डर्ड चार्टड बैंक
स्ट्याण्डर्ड चार्टड बैंकले किडी बैंक खाता सञ्चालन गरिरहेको छ । १८ वर्ष मुनिका बालबालिकाको भविष्य बचतको लागि खाता सञ्चालनमा ल्याइएको हो ।
सिद्धार्थ बैंक
सिद्धार्थ बैंकले सिद्धार्थ बैंक बाल बचत खाता सञ्चालन गरिरहेको छ । छोराछोरीको भविष्यको चिन्ता लिनु पर्दैन। केवल सिद्धार्थ बैंकमा बाल बचत खाता खोल्नुहोस् र आराम गर्नुहोस्। तपाईंको बच्चाको भविष्यका योजनाहरू अनुसार डिजाइन गर्न सकिने यस खातासँग आसन्न खर्चहरूको योजना बनाउनुहोस् भन्ने स्लोगनसहित यस खाता सञ्चालनमा ल्याएको छ ।
आफ्नो बच्चाको नाममा बाल बचत खाता खोल्दा सानैदेखि बचत गर्ने बानी बसाल्छ । उनीहरूलाई पैसाको मूल्य बुझ्ने मौका दिने लक्ष्यसहित यो खाता सञ्चालनमा ल्याएको हो ।
नाबालिग अर्थात् १८ वर्षसम्मका बालबालिकाको नाममा खाता खोलिनेछ । अभिभावक, अभिभावकहरूले खाता सञ्चालन गर्न सक्छन् । शून्य ब्यालेन्समा खाता खोल्न सकिन्छ । दैनिक ब्यालेन्समा आकर्षक ब्याज दर (ब्याज दर) प्राप्त गर्न सकिनेछ ।
एनसीसी बैंक बाल सुरक्षा बचत खाता
एनसीसी बैंकले बाल सुरक्षा बचत खाता सञ्चालन गरिरहेको छ । न्यूनतम शून्य ब्यालेन्समा खाता खोल्न सकिनेछ । निःशुल्क डिम्याट खाता खोल्ने सकिनेछ । मेरो शेयरको निःशुल्क सदस्यता, मोबाइल बैंकिङमा ५० प्रतिशत छुट र दश हजारसम्मको स्वास्थ्य बीमा हुनेछ ।
मुक्तिनाथ विकास बैंकको सुनौलो बाल बचत खाता
मुक्तिनाथ विकास बैंकको मुक्तिनाथ विकास बैंकको सुनौलो बाल बचत खाता सञ्चालनमा रहेको छ । यस योजनाका विशेषताहरुमा न्यूनतम ब्यालेन्सस् रु शुन्य, कुनै पनि शाखा बैंकिंग सेवा प्राप्त गर्न सकिनेछ भने निःशुल्क चेक बुक पाउन सकिने छ ।
यो खाता खोल्न आवश्यक कागजातहरुमा पीपी आकारको फोटो, नागरिकता प्रमाणपत्रको प्रतिलिपि (आमा, बुबाको), १६ वर्ष वा मुनीका बाल-बालिकाहरुजन्म दर्ता प्रमाणपत्र आवश्यक पर्नेछ । चाहे अनुसार रकम राख्न र झिक्न सकिन्छ भने आकर्षक व्याजदर प्रदान गरिन्छ । दैनिक मौजादमा व्याजको गणना गरि त्रैमासिक भुक्तानी गरिन्छ ।



