Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ग्रामीण वित्तीय संस्थाको विकाससम्बन्धि कार्यक्रम शुक्रबार सकिँदै

२०७३ आश्विन १३ गते

adblकृषि विकास बैंकका सीईओ लिला प्रकाश सिटौलाले लघुवित्त र सहकारीको माध्यमबाट नै ग्रामीण क्षेत्रको विकास गर्न सकिने बताएका छन् । कृषि विकास बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपूरमा आयोजित ग्रामीण वित्तीय संस्था तथा सहकारीको विकाससम्बन्धि एक कार्यक्रममा उनले लघुवित्त र सहकारीमार्फत नै ग्रामीण क्षेत्रको विकास गर्न सकिने कुरा प्रमाणित भइसकेको जिकिर गरे । यस अवस्थामा सेन्टर फर इन्टरनेशनल कोअपरेसन एण्ड ट्रेनिङ इन एग्रिकल्चरल बैंकिङ (ऋक्ष्ऋत्ब्द्य० को भूमिका महत्वपूर्ण हुने उनले बताए । 

कृषि विकास बैंकले आफनो स्थापना कालमा लिएका कृषि तथा ग्रामिण क्षेत्रको विकासका लागि कर्जा तथा अनुदानका रुपमा वित्तीय सहयोग पुर्याई ग्रामिण क्षेत्रको विकासमा ठोस योगदान पुयाउने उद्देश्य लिएको सीईओ सिटौलाले बताए । साथै, हालका दिनमा कृषि विकास बैंक लि.बाणिज्य बैंकको रुपमा संचालन रहि रहंदा पनि कृषि विकास बैंकले बाणिज्य र ग्रामिण क्षेत्रमा आफ्ना सेवाहरु संचालन गरी दोहोरो भूमिका निर्वाह गरिरहेको समेत दावी गरे । 

गत सोमबारदेखि सीसीआईटीएबी, नेपाल राष्ट्र बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, सप्तकोसी विकास बैंक, नेपाल कम्युनिटि डेभलपमेन्ट बैंक, नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक र नेपाल एग्रिकल्चरल कोअपरेटिभ सेन्ट्रल फेडरेसनको संयुक्त आयोजनामा सञ्चालित कार्यक्रम शुक्रबारसम्म चल्नेछ । उक्त कार्यक्रमको उद्घाटन नेपाल राष्ट्र बैंकका गर्भनर तथा उक्त कार्यक्रमका प्रमुख अतिथि डा.चिरंजीबि नेपालले गरेका थिए । कार्यक्रममा भारत, बंगालदेश र नेपालका गरि जम्मा २३ जनाको सभागिता रहेको थियो । 

Ad