Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

फोहोरमुक्त सडक घोषणा कार्यक्रमलाई रिलायबलको सहयोग

२०७३ आश्विन १२ गते

reliableरिलायबल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १० औँ वार्षिकोत्सवको अवसर पारेर गौशाला देखि कमल पोखरी सम्म ४० थान डष्टबिन सौजन्य गरेको छ । बैंकले रुद्रमती सरोकार समाजले आयोजना गरेको फोहोरमुक्त सडक घोषणा कार्यक्रमलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत उक्त सहयोग गरेको जनाएको छ ।

उक्त कार्यक्रमको उद्घाटन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापाले गरेका थिए । हाल बैंकले १७ वटा शाखाहरु मार्फत करिब ९ अर्ब निक्षेप संकलन र ७ अर्ब कर्जा लगानी गरेको छ । आगामी दिनहरुमा पनि यस्तै संस्थागत सामाजिक उत्तरदायीत्वका कार्यक्रमहरु गर्दै जाने बैंकले जनाएको छ ।

      
 

Ad